अनधवग नटकम दखनत चतन

Read full text
Authors: इन्द्रबहादुर भण्डारी
Cited by: 0

Abstract

नेपाली नाटकका अमर प्रतिभा बालकृष्ण समले रचना गरेको अन्धवेग नाटक नेपाली नाट्य इतिहासमा अमर कृतिका रुपमा स्थापित भएको छ । यस नाटकले समाजिक पारिवारिक विषयलाई समावेश गरेर एउटा सुखी परिवार परिवारको एउटा जिम्मेवार सदस्यको गलत नियत वा अन्धो आवेगका कारण हेर्दा हेर्दै कसरी लथालिङ्ग र भताभुङ्ग हुन्छ भन्ने विषयलाई उच्च कलात्मक रुपले प्रस्तुत गरेका छन् । ठूलो मेहनत र प्रयासले निर्माण गरेको परिवारलाई लथालिङ्ग बनाउन सानो गल्ती नै काफी हुन्छ भन्ने कुरा देखाउँदै सुखी जीवनको आधार भनेको नै परिवारका हरेक सदस्यको इमानदारीपूर्ण भूमिका हुनुपर्छ भन्ने कुरालाई जोड दिएका छन् । प्रस्तुत अध्ययन, गुणात्मक अध्ययन हो । यसमा अन्धबेग नाटकलाई प्राथमिक श्रोतका रुपमा प्रयोग गरिएको छ भने द्वितीय श्रोतका रुपमा सो नाटकका बारेमा विभिन्न अध्येताहरुले गरेका अध्ययनहरुलाई पुस्तकालय श्रोतबाट लिएर प्रयोग गरी सम्पन्न गरिएको छ । सामाजिक यथार्थको धरातलमा उभिएको, इब्सनेली नाट्यसंरचना विधानलाई अँगालिएको, पद्यात्मक शैलीमा लेखिएको यस नाटकका प्रमुख पात्रहरुको दुःखान्त अन्त्यले यो ग्रिसेली वा सेक्सपियरेली दुःखान्त नाटकको नजिक छ ।

Fields of Study & Subjects

Theatre and Performance Studies Literature: history themes analysis Arts and Performance Studies

Publication details

Journal / source
Academia Research Journal
Volume
5
Issue
1
Pages
179–186
Publication date
12 January 2026