परहलद नटकम वदक दरशनक वशलषणतमक अधययन

Read full text
Authors: गिरिराज पौडेल
Cited by: 0

Abstract

प्रह्लाद नाटक, उराँव जातिको एक महत्वपूर्ण धार्मिक नाट्य कृति हो, जसमा वैदिक दर्शनका विविध पक्षहरू जस्तै धर्म, सत्य, भक्ति, आत्मज्ञान र ब्रह्मभावना कलात्मक रूपमा व्यक्त भएका छन् । यस लेखमा ’प्रह्लाद नाटक’ भित्र निहित वैदिक मूल्यहरूको विश्लेषणात्मक अध्ययन गरिएको छ । प्रह्लाद पात्रमार्फत उपनिषद् र भगवद्गीता जस्ता वैदिक ग्रन्थहरूमा प्रतिपादित भक्ति योग, आत्म–बोध, गुरु–शिष्य परम्परा र धर्म–अधर्मबीचको द्वन्द्व स्पष्ट रूपमा उजागर हुन्छ । नाटकका संवाद, पात्र र घटनाहरू विश्लेषण गर्दा वैदिक चिन्तन नाट्य भाषामा कसरी जीवन्त गरिएको छ भन्ने कुरा प्रस्ट हुन्छ । साथै, नाटकमा देखिएको प्रह्लादको आन्तरिक विवेक, ईश्वरप्रेम र आत्मसमर्पणको भावनाले वैदिक दर्शनको व्यावहारिक पक्षलाई मूर्त रूप दिएको देखिन्छ । यस अध्ययनले लोकनाट्यको माध्यमबाट शास्त्रीय विचार कसरी जनस्तरसम्म पुग्छ भन्ने पक्षमा समेत चर्चा गरेको छ ।

Fields of Study & Subjects

Indian and Buddhist Studies Cultural and Mythological Studies Arts and Performance Studies

Publication details

Journal / source
Academia Research Journal
Volume
5
Issue
1
Pages
187–194
Publication date
12 January 2026