‘एकनत’ कथम रस

Read full text
Authors: Padam singh Badal
Cited by: 0

Abstract

यो लेखमा मनु ब्राजाकी (वि.स. १९९९–२०७४) द्वारा लिखित एकान्त कथालाई रससिद्धान्तका सैद्धान्तिक आधारमा विश्लेषण गरिएको छ । एकान्त कथा करुण रसमा केन्द्रित भई प्रियजनको मृत्युले उत्पन्न हुने पीडा, संवेदना र सामाजिक यथार्थलाई चित्रण गरिएको छ । भरतमुनिद्वारा प्रतिपादित रससिद्धान्तका आधारमा विभाव, अनुभाव, सञ्चारी भाव र स्थायी भावलाई कथामा कसरी प्रयोग गरिएको छ भन्ने पक्ष प्रष्ट पारिएको छ । गुणात्मक अनुसन्धान पद्धतिमा आधारित यो लेखमा प्राथमिक स्रोतका रूपमा एकान्त कथा र द्वितीयक स्रोतका रूपमा रससिद्धान्तसम्बन्धी कृतिहरूको प्रयोग गरिएको छ । कथामा मर्दै गरेको छोरा, उसका पिता र माता क्रमशः विषयालम्बन र आश्रयालम्बन विभावका रूपमा प्रस्तुत भएका छन् भने सहानुभूतियुक्त छिमेकीहरू र तिनका शब्दहरू तथा विलापमय वातावरण उद्दीपन विभाव हुन् । पात्रहरूको अश्रुपात, आत्तिने, मौनता र रुवाइ जस्ता शारीरिक चेष्टाहरू अनुभाव हुन् । दैन्य, निर्वेद, ग्लानी, हतोत्साह, जस्ता सञ्चारी भावहरूले शोक स्थायी भावलाई सुदृढ बनाएका छन् । यी सबै उपकरणहरूको संयोजनबाट सहृदय पाठकमा करुण रसको निष्पत्ति हुन्छ । पात्रको निजी पीडा पाठकको सामूहिक संवेदनामा रूपान्तरण हुने प्रक्रिया (रस साधारणीकरण) पनि कथामा सशक्त रूपमा देखा परेको छ । यसरी एकान्त कथाले विभाव, अनुभाव, सञ्चारी भाव र स्थायी भावको सन्तुलित प्रयोगबाट करुण रसको गहिरो अभिव्यञ्जना गरेको छ । कथा केवल पात्रको दुःखको वर्णन होइन, मानवीय संवेदनाको सार्वभौमिक अभिव्यक्ति बनेको छ जसले पाठकको मनमा करुण, सहानुभूति र आत्मपरकता जगाउन सफल भएको छ ।

Fields of Study & Subjects

Military Technology and Strategies Legal and Regulatory Analysis Linguistic Cultural and Literary Studies

Publication details

Journal / source
Exploration अन्वेषण
Volume
4
Pages
161–170
Publication date
4 January 2026