ससकत लखनक आयमगत समङकन
Abstract
प्रस्तुत आलेख संस्कृत रचनाको आयामगत सीमाङ्कनमा देखा परेका समस्याको पहिचान गर्ने उद्देश्यले तयार पारिएको हो । जसमा संस्कृत प्राज्ञिक लेखनको बाह्य आयामगत सीमाङ्कनका समस्याको समाधान खोज्ने प्रयास पनि गरिएको छ । दस्तावेज विश्लेषणको गुणात्मक अनुसन्धान ढाँचा अवलम्बन गर्दै सोद्देश्यमूलक नमुना छनोट विधिद्वारा संस्कृतका प्रचीन ग्रन्थबाट साक्ष्यहरू छानी विश्लेषणमा उपयोग गरिएको छ । साथै पाणिनीय व्याकरण र प्राज्ञिक अनुसन्धान सम्पादनका प्रचलित मान्यतालाई मूल सैद्धान्तिक पर्याधार बनाइएको छ र अनुसन्धाताका अनुभव संयोजनबाट वर्णन र विश्लेषण गर्ने स्वोपज्ञा वृत्ति पनि अपनाउँदै प्राज्ञिक लेखनको बाह्य आयामगत सीमाङ्कनका प्रचलित युक्तिहरूका शक्ति र सीमाको वर्णन गरिएको छ । प्रस्तुत अध्ययनमा संस्कृतलाई माध्यम भाषा बनाई गरिने प्राज्ञिक लेखनमा विविध युक्तिहरूको सान्दर्भिकता केलाउँदै यस भाषाको प्रकृतिले प्राज्ञिक लेखन, सम्पादन र प्रकाशनसँग सम्बद्ध समुदायमा पारेको प्रभावको लेखाजोखा गरिएको छ । यसबाट संस्कृत लेखनमा सन्धि र समासका कारण अत्यधिक पदयोग हुन्छ; जसले शब्दसङ्ख्यामा अति न्यूनता र अर्थघनत्वमा प्रबलता ल्याउँछ । यस भाषामा समास र सन्धिगत अनेक विकल्प प्रचलित छन्; जसले प्रचलित साधारण शब्दगणना पद्धतिद्वारा परिगणित शब्दसीमाभित्र संस्कृत लेखनको आकार व्यवस्थापन निकै दुष्कर छ । यस्तो जटिलता र अन्योलले संस्कृतलाई माध्यम भाषा बनाई गरिने प्राज्ञिक लेखन केही हदसम्म निरुत्साहित पनि छ । यसको न्यूनीकरण गर्न पृष्ठ र हरफमा आधारित स्पष्ट र व्यवस्थित सीमाङ्कनका मापदण्ड निर्माण र कार्यान्वयन वा सन्धि विच्छेदित शब्दसङ्ख्याभित्र रचनाको सीमाङ्कन गर्ने युक्ति कार्यान्वयनमा ल्याउनु अत्यावश्यक छ । यसका लागि यान्त्रिक सन्धिविच्छेदक उपकरणको सबलीकरण, त्यस्ता उपकरणमा प्राज्ञिक समुदायको सहज पहुँच निर्माण र अनुसन्धान व्यवस्थापनसम्बद्ध नियम एवम् मापदण्डमा आवश्यक परिमार्जन गरिनुपर्छ भन्ने निष्कर्ष निकालिएको छ; जुन संस्कृत भाषाका लेखक, सम्पादक, प्रकाशक तथा प्राज्ञिक अनुसन्धानका मापदण्ड निर्धारक प्राज्ञिक समुदाय एवम् निकायलाई उपयोगी बन्ने अपेक्षा गरिएको छ ।
Fields of Study & Subjects
Indian and Buddhist Studies
Classical Studies and Philology
Linguistics and Language Studies
Publication details
- Journal / source
- Kaumodaki Journal of Multidisciplinary Studies
- Volume
- 6
- Issue
- 01
- Pages
- 157–174
- Publication date
- 28 January 2026