दसर भषक रपम नपल शकषणक आधर
Abstract
प्रस्तुत अनुसन्धानमूलक लेख नेपाली भाषालाई दोस्रो भाषाका रूपमा शिक्षण गर्ने अवधारणामा आधारित छ । यस लेखको उद्देश्य दोस्रो भाषाका रूपमा नेपाली भाषा शिक्षणको औचित्य पहिल्याई हालसम्म यस क्षेत्रमा भएका उपलब्धिको लेखाजोखाका साथ शिक्षणीय आधार र कार्यान्वयनका उपाय सुझाउनु रहेको छ । अध्ययनमा गुणात्मक विधि, व्याख्यावादी दृष्टिकोण, मामला (केस) अध्ययनको ढाँचा र दोस्रो भाषा शिक्षणका सिद्धान्तलाई आधार बनाइएको छ । यसका लागि पुस्तकालय कार्यमा आधारित भई द्वितीयक स्रोतका सामग्रीको अध्ययन गरी आवश्यक तथ्य सङ्कलन गरिएको छ । यस क्रममा सङ्कलित तथ्यको विश्लेषण र छलफल गरी प्राज्ञिक जिज्ञासाको खोजी गरिएको छ । नेपाल अधिराज्यको संविधान (२०४७) पछि २०५० मा बनेको राष्ट्रिय भाषा नीति सुझाव आयोगले मातृभाषामा शिक्षा दिने र नेपाली भाषालाई दोस्रो भाषाका रूपमा शिक्षण गर्नुपर्ने प्रस्ताव सर्वप्रथम अगाडि सारेको पाइन्छ । यसैगरी नेपाल सरकार, शिक्षा मन्त्रालयद्वारा दोस्रो भाषाका रूपमा नेपाली शिक्षणका लागि प्रस्ताव तयार भएको र नेपालको संविधान २०७२ मा पनि नेपाली भाषालाई दोस्रो भाषाका रूपमा शिक्षण गर्न सकिने व्यवस्था भए पनि हालसम्म यसतर्फ ठोस कार्य नभएको तथ्य अध्ययनबाट प्राप्त भएको छ । नेपालका बहुसङ्ख्यक नेपालीले नेपाली भाषालाई सम्पर्क र माध्यम भाषाका रूपमा प्रयोग गर्ने सन्दर्भमा समय सापेक्ष पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक तयार, शिक्षण विधि र प्रक्रियामा सुधार तथा मूल्याङ्कनको यथोचित व्यवस्था गरी दोस्रो भाषाका रूपमा नेपाली शिक्षणलाई प्रभावकारी बनाउनुपर्ने निष्कर्ष अध्ययनबाट निस्किएको छ । यसर्थ अन्य मातृभाषा भएका विद्यार्थीलाई दोस्रो भाषाका रूपमा नेपाली शिक्षण गरी उनीहरूमा नेपाली भाषाको पहुँचलाई सरल र सम्प्रेष्य बनाउन जरुरी देखिन्छ ।
Fields of Study & Subjects
Second Language Learning and Teaching
Multilingual Education and Policy
EFL/ESL Teaching and Learning
Publication details
- Journal / source
- Kaumodaki Journal of Multidisciplinary Studies
- Volume
- 6
- Issue
- 01
- Pages
- 184–196
- Publication date
- 28 January 2026