यदवचनदर भरतलक कलम नरसनदरय र ससकत
Abstract
प्रस्तुत आलेखमा यादवचन्द्र भुर्तेलका कलामा अभिव्यक्त नारीसौन्दर्य र संस्कृतिको अध्ययन गरिएको छ । यादवचन्द्र भुर्तेलका कलाकृति यस अध्ययनको शोधक्षेत्र हो भने नारीसौन्दर्य र संस्कृति शोधसमस्या हो । यादवचन्द्र भुर्तेल विगत छ दशकदेखि कलासाधना गरिरहेका स्थापित कलाकार हुन् । उनले आफ्नो कलासाधनाका क्रममा अनेकानेक विषयमा कलासिर्जन गरिरहेकै छन् । उनका कलाकृतिमा नारीसौन्दर्य र संस्कृति अभिव्यक्ति कसरी भएको छ भन्ने समस्या नै प्रस्तुत अध्ययनको मुख्य समस्या हो । यस समस्याको समाधानका लागि यस शोधलेखमा उद्देश्यमूलक नमुना छनोट विधिबाट भुर्तेलका कलाकृतिको चयन गरिएको छ । यसका साथै कलाविश्लेषणका लागि आवश्यक पुस्तक, लेख, अनुसन्धान आदि सामग्रीहरूको सङ्कलन स्वाध्याय विधिबाट गरिएको छ । चयन गरिएका एक दर्जन कलाकृतिको विश्लेषणका लागि नारी सौन्दर्य र संस्कृतिसँग सम्बन्धित सूचकहरू बनाइएको छ । यस क्रममा कलामा अन्तरनिहित नारीसौन्दर्यको विश्लेषणका लागि मातृत्व सौन्दर्य, श्रम सौन्दर्य, शृङ्गार सौन्दर्य, ग्रामीण सौन्दर्यका विविध आयामबाट उनका कलाकृतिको अध्ययन गरिएको छ । त्यस्तै संस्कृतितर्फ वैदिक सनातन संस्कृति, क्षेत्रीय संस्कृति, श्रम संस्कृतिका आधारमा भुर्तेलका नमुना कलाकृतिको अध्ययन गरिएको छ । विश्लेषणका क्रममा गुणात्मक अनुसन्धान ढाँचाको उपयोग गरिएको छ । अध्ययनबाट यादवचन्द्र भुर्तेल नेपाली समाजमा विद्यमान संस्कार संस्कृतिको सुन्दर चित्रण गर्ने कलाकार भएको अनि उनका कलाकृतिमा नारीसौन्दर्यको अभिव्यक्ति पाइने निष्कर्ष निकालिएको छ । नेपाली नारीजीवनका अनेक रङहरूको अभिव्यक्तिका साथै सहरी जटिलताभन्दा ग्राम्य संस्कृतिको प्रस्तुतिले भुर्तेलका कलाकृतिलाई नेपाली मौलिक संस्कृतिका पक्षधर कलाकारका रूपमा उभ्याएको देखिन्छ । स्थापित कलाकारका कलाकृतिमा रहेको नारीसौन्दर्य र संस्कृतिको विश्लेषण गरिएकाले यो अध्ययन महत्त्वपूर्ण बन्न पुगेको छ ।
Fields of Study & Subjects
Art
Aesthetics
and Perception
Poetry Analysis and Criticism
Gender and Feminist Studies
Publication details
- Journal / source
- Lalitkala Pragya ललितकला प्रज्ञा
- Volume
- 2
- Issue
- 2
- Pages
- 9–19
- Publication date
- 3 February 2026