मरतकलम मनवकतक नरपकषत

Read full text
Authors: Bhuwan Thapa
Cited by: 0

Abstract

मूर्तिकलामा मानव आकृतिको निरपेक्षताले परम्परागत मानव–केन्द्रित दृष्टिकोणलाई तोड्दै मानव आकृतिको प्रभुत्वलाई केन्द्रबाट हटाएर कलामा सौन्दर्यपरक, सांस्कृतिक र दार्शनिक व्याख्याका नयाँ सम्भावनाहरू खोलिदिएको छ । प्रस्तुत अध्ययनको मूल उद्देश्य प्राचीन कालदेखि मूर्तिकलामा प्रचलित मानव केन्द्रित विषयवस्तुको पृष्ठभूमिमा बिसौं शताब्दीको दोस्रो दशकबाट सुरु भएको आकृति निरपेक्षताको प्रवृत्तिलाई उजागर गर्नु हो । यस अध्ययनमा विषयसँग सम्बन्धित प्रकाशित पुस्तकहरू, तस्बिरहरू तथा अन्य स्रोतहरूका आधारमा मूर्तिकलामा मानव आकृतिको निरपेक्षताको अवस्थाको मूल्याङ्कन व्याख्यात्मक र विश्लेषणात्मक पद्धतिमार्फत् अनुसन्धान गरिएको छ । बीसौं शताब्दीको आरम्भसँगै देखा परेका कलाक्षेत्रमा विविध आन्दोलनहरूले परम्परागत मानव आकृतिलाई चुनौती दिँदै अमूर्त तथा गैर–आकृतिमूलक मूर्तिकलाको विकास गरेको पाइन्छ । स्वप्नवाद, घनवाद, दादावाद, संरचनावाद, अर्गानिक एब्स्ट्राक्सन, पप आर्ट, मिनिमालिजम तथा त्यसपछि देखा परेका पोष्ट–मिनिमालिस्ट प्रवृत्तिहरू मूर्तिकलामा मानव आकृति निरपेक्षता निम्त्याउने प्रमुख आन्दोलनहरू हुन् । यी कला आन्दोलनहरूको प्रभाव क्रमशः विश्वव्यापी रूपमा फैलियो । साथै, प्रविधिको विकास, वैचारिक नवीनता र नयाँ माध्यमहरूको प्रयोगले मूर्तिकलाबाट मानव आकृति टाढिँदै जाने प्रवृत्तिलाई तीव्र बनाएको देखिन्छ । यसरी मूर्तिकलामा मानव आकृतिको निरपेक्षता केवल कलाको परिवर्तनशील चरित्रको प्रतिविम्ब मात्र नभएर समकालीन चेतना र अभिव्यक्तिको स्वरूप पनि हो ।

Fields of Study & Subjects

Art Aesthetics and Perception Indian and Buddhist Studies Politics and Modernism

Publication details

Journal / source
Lalitkala Pragya ललितकला प्रज्ञा
Volume
2
Issue
2
Pages
39–50
Publication date
3 February 2026