बदल फटपछ कवतसङगरहम अभवयकत यथरथ
Abstract
घटराज भट्टराईको बादल फाटेपछि कवितासङ्ग्रह वि.सं. २०२५ मा प्रकाशित कवितासङ्ग्रह हो । यसमा तत्कालीन राष्ट्रनायकप्रति सम्मान र श्रद्धा प्रकट भएका काव्यभाव व्यवहृत कविता छन् । यी कवितामा मानवीय संवेदनाका भावहरु अभिव्यक्त भएका छन् । सहानुभूति, कर्तव्यबोध, आध्यात्मिक चेत, स्तुति, देशप्रेम, देशभक्ति, राष्ट्रियता, विकास, समृद्धि, शान्ति, प्राकृतिक वैभवजस्ता भावहरु यसमा अभिव्यक्त छन् । प्रस्तुत लेखमा पुस्तक पठनविधि प्रयोग गरी तथ्याङ्क सङ्कलन गरिएको छ । सामग्रीको विश्लेषण गर्दा पाठात्मक विधि अवलम्बन भएको छ । गुणात्मक पद्धतिको माध्यमबाट कवितासङ्ग्रहलाई प्राथमिक स्रोत सामग्रीका रुपमा लिई सैद्धान्तिक अन्य पक्षलाई द्वितीयक सामग्रीका रुपमा लिइएको छ । कवितामा यथार्थताको खोजी गरिएकाले प्रस्तुत लेखको पठन र अन्तर्पठन सरोकार राख्ने पाठक तथा यथार्थताको अध्ययन गर्ने जो कोही अध्येताका लागि उपयोगी रहेको निष्कर्ष रहेको छ ।
Fields of Study & Subjects
Poetry Analysis and Criticism
Literature: history
themes
analysis
Artistic and Creative Research
Publication details
- Journal / source
- Pashupati Pragya पशुपति प्रज्ञा
- Volume
- 2
- Issue
- 3
- Pages
- 1–7
- Publication date
- 17 February 2026
- Language
- NE