कभरपलञचक जललक पनतक ससकतक समपदहरक सरकषणम समदयक दषटकण

Read full text
Authors: Haribhakta Karmacharya, Suryabhakta Karmacharya
Cited by: 0

Abstract

काभ्रेपलाञ्चोक जिल्लाको पनौतीको नगरपालिका वडा नं. ७ का सांस्कृतिक सम्पदाको संरक्षणमा टेवा पुrयााउने हेतुका साथ यो अध्ययन गरिएको हो । यो अध्ययन गुणात्मक अनुसन्धान पद्धतिमा आधारित रहेको छ । ऐतिहासिक तथ्य संकलनका लागि सम्वन्धित विद्धत वर्ग, स्थानीय जेष्ठ नागरिक,स्थानीय निकाय प्रतिनिधिहरु सँगको साक्षात्कार र विचार विमर्श छ । यो अध्ययन ऐतिहासिक पक्षमा रहेकोले संख्यात्मक भन्दा गुणात्मक विश्लेषणमा आधारित रहेको छ । समाजशास्त्री एगस्ट कोंटको प्रत्यक्षवादी र इमाइल दुर्खिमको समाजशास्त्रीय दृष्टिकोणको आधारमा सांस्कृतिक सम्पदाहरूले समाजमा रहेको प्रतीकात्मक अर्थ, सामूहिक चेतनामा तिनको भूमिका, र सामाजिक एकताको संरक्षणमा तिनले खेल्ने भुमिकाको गहन व्याख्या गरिएको छ । यसरी, मात्रात्मक तथ्याङ्क र गुणात्मक अर्थबोध समन्वय गरी, सम्पदा र सामाजिक पहिचान बीचको जटिल सम्बन्धको बहुआयामिक विश्लेषण गरिएको छ । ऐतिहासिक शोध र सामूदायिक अध्ययनबाट पनौतीमा ३० भन्दा बढी ऐतिहासिक नामहरू, २७ भन्दा बढी अभिलेख, र ५० भन्दा बढी चाडपर्वहरू रहेको पुष्टि भएको छ । अध्ययन क्षेत्र वडा नं. ७ मा नौवटा ऐतिहासिक स्मारक र टोलहरू र २६ सामाजिक संस्थाहरू सक्रिय रहेका छन् । तथापि, आधुनिकीकरणले सिर्जना गरेका चुनौतीहरू जस्तै भाषिक सङ्कट (नेवारी बोल्ने दर ५२.७६%), युवामा उदासीनता र अवैध व्यापारले सम्पदाहरू लोप हुने खतरा बढेको छ । यी समस्याहरूको मुख्य कारण व्यक्तिवादी मानसिकताको वृद्धि र संयुक्त परिवारको ह्रासरहेको पाइयो । अध्ययनले पनौतीको विश्व सम्पदा सूचीकरणका लागि पूर्वाधार रहे तापनि मापदण्ड पालना र राजनीतिक इच्छाशक्तिको अभावमा यो प्रक्रिया अवरुद्ध रहेको पत्ता लाग्यो । यसको लागि सांस्कृतिक शिक्षा, युवा सहभागिता, र सामूदायिक संरक्षण कार्यक्रमहरू अपनाउनु अपरिहार्य रहेको छ । पनौतीको समृद्ध सांस्कृतिक विरासतलाई संरक्षण गर्दै आधुनिक विकाससँग सन्तुलन कायम गर्ने खाँचो यस अध्ययनबाट स्पष्ट भएको छ। यी सम्पदाहरूको संरक्षणको लागि स्थानीय समुदाय, सरकारी निकाय, र गैर– सरकारी संस्थाहरूको समन्वय र सहकार्यमा प्रस्तावित कार्ययोजना र रणनीति कार्यान्वयन गर्नु आवश्यक छ ।

Fields of Study & Subjects

Cultural Heritage Management and Preservation Urban Development and Cultural Heritage Archaeology and Cultural Heritage

Publication details

Journal / source
Punyawati Journal
Volume
2
Pages
163–180
Publication date
2 February 2026