धरमक परयटनक दषटम कभरपलञचक जललक पलञचक भगवत मनदर
Abstract
यस अनुसन्धान लेखको प्रमुख उद्देश्य काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित ऐतिहासिक पलाञ्चोक भगवतीमन्दिरको धार्मिक पर्यटनको अवस्था, त्यसको सामाजिक(आर्थिक प्रभाव र दिगो विकासका सम्भावनाहरूकोविश्लेषण गर्नु हो । गुणात्मक अनुसन्धान ढाँचा अन्तर्गत स्थलगत अवलोकन र मन्दिर परिसरका १२ जनासहभागीहरू ९ जना स्थानीय निवासी, व्यवसायी, पुजारी र ३ जना दर्शनार्र्थीसँग गरिएको गहनअन्तर्वार्ताको विश्लेषण यस अध्ययनको आधार हो । अध्ययनको निष्कर्षले मन्दिरलाई धार्मिक आस्थाकोकेन्द्र, स्थानीय अर्थतन्त्रको इन्जिन र सांस्कृतिक पहिचानको आधारस्तम्भको रूपमा प्रस्तुत गर्दछ । यसलेमहिला सहित स्थानीय समुदायलाई रोजगारीको अवसर प्रदान गरेको र कृषि उत्पादनको लागि बजारसिर्जना गरेको पाइयो । तथापि, भौतिक पूर्वाधारको कमी, फोहोर व्यवस्थापनको चुनौती, पर्यटक प्रवाहकोमौसमी अस्थिरता र व्यवस्थापनमा समन्वयको अभाव जस्ता गम्भीर समस्याहरू पनि छन्।् । यस आधारमादिगो विकासको लागि स्थानीय नागरिक, स्थानीय सरकार र केन्द्र सरकारको तीन तहमा समन्वित रणनीतिआवश्यक छ । सामुदायिक सहभागिता, एकीकृत व्यवस्थापन योजना, पूर्वाधार विकास र “धार्मिकसांस्कृतिक पर्यटन कल्स्टर” को रूपमा संस्थागत मान्यता जस्ता उपायहरूसहित सुझाव समेत प्रस्तुतगरिएको छ ताकि यस महत्वपूर्ण धरोहरको आध्यात्मिक गरिमा कायम रहँदै यसबाट समावेशी रस्थानीयकृत आर्थिक लाभ सुनिश्चित हुन सकोस्।
Fields of Study & Subjects
Religious Tourism and Spaces
Indian and Buddhist Studies
Diverse Aspects of Tourism Research
Publication details
- Journal / source
- Punyawati Journal
- Volume
- 2
- Pages
- 181–191
- Publication date
- 2 February 2026