व्यवहारिक लेखन तथा सम्पादन विषयको कक्षाकोठामा गरिने व्यावहारिक प्रयोग र प्रभावकारिता
Summary
No summary yet. VIRAT can read this paper and write a plain-language summary of its aim, methods, key findings and limitations.
Summarise with VIRAT Free to try with your Science Catalogs account.Abstract
प्रस्तुत अध्ययन त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र स्नातक तह चौथो वर्षको व्यावहारिक लेखन तथा सम्पादन विषयको कक्षाकोठामा गरिने व्यावहारिक प्रयोग र प्रभावकारितासँग सम्बन्धित छ । यस अध्ययनको उद्देश्य निर्दिष्ट विषयको कक्षाकोठामा गरिने व्यावहारिक प्रयोग र प्रभावकारिताको पहिचान गर्नु रहेको छ । यस लेखमा गुणात्मक अनुसन्धान ढाँचाको अनुप्रयोग गरिएको छ । यस अध्ययनमा सर्वेक्षणात्मक विधिमा आधारित रहेर उद्देश्यमृ ्लक नमुना छनोट प्रक्रिया अपनाइएको छ । यसमा शिक्षाशास्त्र, स्नातकोत्तर तहको प्रथम सत्रमा अध्ययनरत ४ जना र निर्दिष्ट पाठ्यांश प्ृरा गरेका २ जना गरी जम्मा ६ जना विद्यार्थीलाई नमुनाको रूपमा लिएर उनीहरूको प्रतिक्रियाको विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनमा भाषासम्पादन तथा पाण्डुलिपि सम्पादन अपेक्षाकृत प्रभावकारी हुन नसकेको पाइएको छ । शिक्षकले परम्परागत ढाँचालाई प्राथमिकता दिएर सैद्धान्तिक शिक्षण अत्यधिक गराएको पाइयो । यसमा अभ्यासात्मक कार्यमा नमुना ढाँचा तयार गर्न गाह्रो लागेर परीक्षामुखी अध्ययन गरिएको छ । अघिल्ला कक्षा वा तह र पछिल्ला कक्षा वा तहहरूमा पनि समावेश गर्नसकेमा अधिक प्रभावकारी हुने देखिन्छ । उक्त विषयको कार्यान्वयन पक्ष प्ृर्ण रूपमा प्रायोगिक हुन नसकेको, व्यावहारिक रूपमा यसको प्रभाव न्यून परेकोले कार्यान्वयन अझ वैज्ञानिक र अनिवार्य रूपमा लागू गर्नुपर्ने विद्यार्थीको प्रतिक्रियाको आधारमा निष्कर्ष निकालिएको छ । पाठ्यांश कार्यान्वयनमा एकरूपता ल्याउनका लागि आवश्यकता अनुसारका अभ्यासात्मक कार्यक्रमहरू सञ्चालनमा सम्बन्धित पक्षको विशेष ध्यानाकर्षण हुन आवश्यक देखिएको छ ।
Fields of Study & Subjects
Teacher Education and Leadership Studies
Writing and Handwriting Education
Education Pedagogy and Practices
Publication details
- Journal / source
- The Journal of DMC
- Volume
- 4
- Issue
- 1
- Pages
- 136–151
- Publication date
- 31 March 2026
- Language
- NE