तमर लगन र म कथसङगरहक कथम लङगकत

Read full text
Authors: Sumitra Devi Tamang
Cited by: 0

Abstract

तिम्रो लोग्ने र म लैङ्गिक विषयमा आधारित कथासङ्ग्रह हो । कथाकार निरूपा प्रसूनद्वारा लिखित यस सङ्ग्रहमा महिला, पुरुष र समलिङ्गीजस्ता फरक फरक लैङ्गिक अवस्था भएका पात्रहरूको उपस्थिति रहेको छ । मूलतः पुरुषप्रधान नेपाली समाजले महिलालाई हेर्ने परम्परित दृष्टिकोणको खण्डन गर्दै लैङ्गिक समानतामाथि विशेष जोड दिइएको यस सङ्ग्रहमा महिला समलिङ्गीको भावना र चाहनालाई पनि समेटिएको छ र यसका माध्यमबाट अन्य लिङ्गीहरूको समेत स्वतन्त्र अस्तित्वको खोजी गरिएको छ । अतः प्रस्तुत कथासङ्ग्रहका कथामा लैङ्गिकता सम्बन्धी धारणा कसरी प्रकट गरिएको छ भन्ने कुरालाई मुख्य समस्या बनाई तिनैको निरूपण गर्ने प्रयास यहाँ गरिएको छ । यसका लागि पुस्तकालयीय विधिद्वारा सामग्री सङ्कलन गरी प्रथम सामग्रीका रूपमा निरूपा प्रसूनका तिम्रो लोग्ने र म कथासङ्ग्रहलाई लिइएको छ र लैङ्गिकतासम्बन्धी लेखिएका समालोचनात्मक लेख रचना र पुस्तकलाई द्वितीय सामग्रीका रूपमा लिइएको छ । प्रस्तुत सामग्रीको विश्लेषण गर्नका लागि लैङ्गिकतासम्बन्धी अवधारणालाई प्रमुख सैद्धान्तिक आधार मानिएको छ भने पाठविश्लेषण पद्धतिको उपयोग गरिएको छ । अन्ततः लैङ्गिकताको दृष्टिकोणले प्रस्तुत कथासङ्ग्रह उत्कृष्ट रहेको निष्कर्ष निकालिएको छ ।

Fields of Study & Subjects

Military Technology and Strategies Legal and Regulatory Analysis Linguistic Cultural and Literary Studies

Publication details

Journal / source
वैखरी वाणी.
Volume
3
Issue
1
Pages
63–72
Publication date
4 January 2026