‘सडक र परतभ’ कथसङगरहम वसङगतवद चनतन
Abstract
प्रस्तुत अनुसन्धानात्मक लेखमा पारिजातको ‘सडक र प्रतिभा’ कथासङ्ग्रहका कथालाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त विसङ्गतिवादी सिद्धान्तका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त कथाको विसङ्गति चिन्तनगत वैचारिकताको निरूपण गरिएको छ । ‘सडक र प्रतिभा’ कृतिका केही कथामा बेरोजगारी, जँड्याहा, शोषित, कुण्ठित, वेश्या, लाचार र विवश पात्रहरूको प्रयोग र विसङ्गतिको चरम रूपको चित्रण गर्दै हत्या, आत्महत्या, लाचारी, गरिबी, मृत्यु, बलात्कार आदि विसङ्गत पक्षहरू प्रस्तुत गरिएकाले यसमा प्रयुक्त विसङ्गतिवादी चिन्तनको विश्लेषण गरी निष्कर्ष निकाल्नु यस लेखको उद्देश्य हो । यसका लागि पुस्तकालयबाट सामग्रीसङ्कलन गरिएको छ भने विसङ्गतिवादका आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरेर कथामा सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरी सघन विश्लेषण गरिएको छ । त्यसका निम्ति विसङ्गतिवादी सिद्धान्तका केन्द्रीयतामा रही कथामा प्रयुक्त मृत्युचिन्तन, जीवनको निरर्थकता र कुण्ठाका सन्दर्भलाई सैद्धान्तिक ढाँचाका रूपमा उपयोग गरी यो शोधकार्य सम्पन्न गरिएको छ । यस कथासङ्ग्रहका कथामा विसङ्गतिबोधी चिन्तन प्रस्तुत भएको सन्दर्भको खोजी गरी तिनको पहिचान तथा विश्लेषण गरिएकाले प्रस्तुत लेख गुणात्मक प्रकृतिको बन्न पुगेको छ । ‘सडक र प्रतिभा’ कथामा प्रयुक्त पात्रहरूको जीवनशैली तथा उनीहरूका अभिव्यक्ति र अवस्थाको सूक्ष्म अध्ययन गरी तिनमा सबैभन्दा बढी मृत्युचिन्तन, जीवनको निरर्थकता र कुण्ठाको अभिव्यक्ति पाइनेहुनाले विसङ्गतिवादका यिनै सूचकहरूलाई आधार मानेर यहाँ कथाको विश्लेषण गरिएको छ र जीवनमा नचाहेर पनि मृत्यु अनिवार्य छ भन्ने मूल निष्कर्ष निकालिएको छ ।
Fields of Study & Subjects
Military Technology and Strategies
Legal and Regulatory Analysis
Linguistic
Cultural
and Literary Studies
Publication details
- Journal / source
- वैखरी वाणी.
- Volume
- 3
- Issue
- 1
- Pages
- 73–82
- Publication date
- 4 January 2026